तुलसीपुर टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते

जेठ १८,दाङ । तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको रा १ ख २१९२ नम्बरको टिपरले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षिय मनोज नेपाली, उहाँको श्रीमती ३४ वर्षिय अनुषा नेपाली र ५ वर्षको छोरा मिनराज...

दाङमा ब्याट्रीबाट करेन्ट लगाएर एक जनाको मृत्यु

दाङ ,१६ जेठ | दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। दाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार भोजराज केसी सहित ७ जनाको टोली माछा मार्न बबई नदी पुगेको थिए भने ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा के...

३५ वर्षमाथिका खेलाडीका लागि तुलसीपुरमा ‘भानु विक्रम राणा स्मृति कप फुटसल’ हुने

दाङ, ११ जेठ । दाङको तुलसीपुर – ५ मा ३५ वर्षमाथिका खेलाडीहरुलाई लक्षित गर्दै “प्रथम भानु विक्रम राणा स्मृति कप फुटसल (३५+)” आयोजना हुने भएको छ । एस. एस. एफ. ए. स्पोर्ट्स, स्किल्स एण्ड फिटनेस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता जेठ १५ र १६ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्लामा खेलकुद संस्कृतिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजेता टिमले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल...

शिवपुरमा श्रीमद् देवी भागवत नवाह महापुराणको आय-व्यय सार्वजनिक, ३८ लाख वढी आम्दानि 

जेठ ०९ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, शिवपुरको पुण्य भूमिमा भव्य रूपमा सम्पन्न भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’ धनधान्यान्चल पितृ मोक्ष तथा आरती पुजा अर्चना २०८३ को आय-व्यय विवरण आज एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। श्री सत्य सुन्दरादेवी भगवती मन्दिर को भौतिक संरचना र मन्दिर व्यबस्थित गर्नको लागि आयोजना गरिएको थियो । वैशाख १९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त महापुराणको आज...

रास्वपा अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा अधिवेसन आज सम्पन्न

दाङ,३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आज सम्पन्न वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रत्येक वडामा नयाँ वडा समिति गठन गर्दै आगामी संगठन विस्तार, जनसम्पर्क तथा पार्टी गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।अधिवेशनबाट निर्वाचित सम्पूर्ण वडा समिति पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।आज सम्पन्न वडा अधिवेशनबाट तुलसीपुर उपमहानगरपालिका वडा...