उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजिनामा
२३ काठमाण्डौ /
कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। ऊर्जामन्त्री भएको १ सय १५ दिनमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्की समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात तथा सहरी...
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध
२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।
निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।
पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार
२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् ।
भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट...
भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड
सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।
हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत...
मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री...
रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए
२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता...
ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास
हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् ।
नेपाली कम्युनिस्ट...
भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा
१९ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।
उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको...
शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।
उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् ।
विशालनगरस्थित सम्पर्क कार्यालयमा अहिलेको विषम परिस्थितिको समुचित निकाससँगै...
ओली प्यानलबाट घनश्याम पाण्डेको केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाण्डौ, २९ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलबाट घनश्याम पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। यसअघि पनि केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका पाण्डे पार्टीभित्र अनुभवी, ऊर्जाशील र संगठनात्मक रूपमा सशक्त नेताका रूपमा चिनिन्छन्।
२३ वर्षकै उमेरमा २०५४ सालमा तत्कालीन तुलसीपुर...




















