Home Blog

तुलसीपुर टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते

जेठ १८,दाङ । तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको रा १ ख २१९२ नम्बरको टिपरले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षिय मनोज नेपाली, उहाँको श्रीमती ३४ वर्षिय अनुषा नेपाली र ५ वर्षको छोरा मिनराज घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो ।

घाइते तीन जनामध्ये बुवा र छोरालाई बढी चोट लागेको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । टिपर र चालक शान्तिनगर गाउँपालिका वडा नम्बर ५ निवासी ३९ वर्षिय शेर बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङमा ब्याट्रीबाट करेन्ट लगाएर एक जनाको मृत्यु

Screenshot

दाङ ,१६ जेठ | दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। दाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार भोजराज केसी सहित ७ जनाको टोली माछा मार्न बबई नदी पुगेको थिए भने ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा के सी घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटना पछी प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा २ जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा ५ जनाको टोली घटनास्थल पुगी आवश्यक सहयोग र घटना बारे अनुसन्धान गरेको थियो।घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, ५३ वर्षीय मेखलाल रेउले, ४१ वर्षीय गणेश अधिकारी, २७ वर्षीय युवराज भण्डारी, ३४ वर्षीय संगम पाउ तथा गाउँपालिका–३ का गोविन्द सुबेदी रहेका छन्।मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३५ वर्षमाथिका खेलाडीका लागि तुलसीपुरमा ‘भानु विक्रम राणा स्मृति कप फुटसल’ हुने

दाङ, ११ जेठ । दाङको तुलसीपुर – ५ मा ३५ वर्षमाथिका खेलाडीहरुलाई लक्षित गर्दै “प्रथम भानु विक्रम राणा स्मृति कप फुटसल (३५+)” आयोजना हुने भएको छ । एस. एस. एफ. ए. स्पोर्ट्स, स्किल्स एण्ड फिटनेस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता जेठ १५ र १६ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताले जिल्लामा खेलकुद संस्कृतिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजेता टिमले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको “म्यान अफ द म्याच” लाई ५ सय रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ । खेलप्रेमी तथा पूर्व खेलाडीहरुलाई एउटै मैदानमा जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताले तुलसीपुर क्षेत्रमा फुटसल गतिविधिलाई थप उत्साहजनक बनाउने विश्वास गरिएको छ ।

तुलसीपुर नगर सभापतिमा पुन जीवन भण्डारी

दाङ , १० जेठ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारीलाई चयन गरिएको छ । आईतबार तुलसीपुरमा भएको अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । त्यस्तै सचिबमा पनि पुनः कमल बस्नेतलाई चयन गरिएको छ ।

उपसभापति र सहसचिबमा भने अझै पनि टुंगिएको छैन । उपसभापतिमा निर्मला वली र शोभा धितालले दावी गरेपछि त्यो पदमा टु्रगो लाग्न सकेको छैन, भने सहसचिबमा नेत्र भण्डारी र यज्ञमूर्ती भट्टराई, नरेन्द्र केसीलगायतको दावी छ । पालिकामा १४ सदस्यीय कमिटि हुन्छ ।

शिवपुरमा श्रीमद् देवी भागवत नवाह महापुराणको आय-व्यय सार्वजनिक, ३८ लाख वढी आम्दानि 

Screenshot

जेठ ०९ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, शिवपुरको पुण्य भूमिमा भव्य रूपमा सम्पन्न भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’ धनधान्यान्चल पितृ मोक्ष तथा आरती पुजा अर्चना २०८३ को आय-व्यय विवरण आज एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। श्री सत्य सुन्दरादेवी भगवती मन्दिर को भौतिक संरचना र मन्दिर व्यबस्थित गर्नको लागि आयोजना गरिएको थियो । वैशाख १९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त महापुराणको आज सार्वजनिक सुनुवाइ तथा आय-व्यय सार्वजनिक गरिएको हो । ९ दिनसम्म सञ्चालन भएको नवाह महापुराण भव्य र सभ्य रूपमा सफल भएको आयोजकले जनाएको छ । महापुराणमा देश-विदेश तथा स्थानीय योगदाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको थियो । आजको आर्थिक आय-व्यय विवरण कार्यक्रम श्री सत्य सुन्दरादेवी भगवती मन्दिर व्यवस्थापन समितिकी कोषाध्यक्ष कल्पना केसि वलीले प्रस्तुत गर्नुभएको थियो। बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार र धार्मिक कार्यमा उपयोग गरिने समितिले जानकारि दिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार जम्मा कुल रकम रू ३८, ५६, २२८/- (अक्षरुपि अर्तिस लाख छपन्न हजार दुई सय अठाईस रुपैयां ) आम्दानि भएको थियो र १३,६९,५६२/- (अक्षरुपि तेह्र लाख उनसहत्तर हजार पाँच सय बैसठ्ठी रुपैयां ) खर्च भएको थियो साथै रू २४,८६,६६६/- अक्षरुपि चौबिस लाख छयासी हजार छ सय छैसठ्ठी रुपैयां ) बचत भएको छ । यस बचत रकमलाई फेरि सम्पूर्ण टोलबासी अग्रज व्यक्तित्व बुद्धिजीवीलाई भेला गरेर छिट्टै मन्दिरको भौतिक संरचना निर्माण गर्ने मन्दिरलाई पर्यटकीय स्थल र धार्मिक ठाउँ , शिवको पुरि बनाउने विषयमा छलफल गर्ने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष मोहनलाल गैरेले जानकारि दिनुभयो ।

आय-व्यय सार्वजनिक सुनुवाइ कार्यक्रममा मोतिराम केसि को सभाध्यक्ष , महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली प्रसाद भण्डारी प्रमुख अतिथि, विशिष्ट अतिथि शिक्षक खगेन्द्र काफ्ले र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गैरे रहनुभएको थियो । अतिथिहरुमा सुशान्त मल्ल, दुर्गा डाँगी, बम बहादुर मल्ल , कान्त प्रसाद खरेल, शर्मिला शर्मा, सीता रोकाय, राम प्रसाद बस्याल लोकराज डाँगी र सल्लाहकार विजय मल्लको गरिमामय सहभागिता रहेको थियो ।

यस धार्मिक महाअनुष्ठानमा प्रमुख वाचकका रूपमा श्री बाल ब्रह्मचारी केशाचार्य सूर्यपाकी रहनुभएको थियो, जसको सङ्गीतमय कथा वाचनले भक्तजनहरूलाई मन्त्रमुग्ध पार्नु भएको थियो । यसैगरी, ९ दिने ऐतिहासिक महापुराणको सम्पूर्ण कार्यक्रमलाई विधिवत् रूपमा समापन महापुराणका संयोजक मोतिराम केसीले गर्नुभएको थियो। समापनका अवसरमा बोल्दै संयोजक केसीले महापुराण सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सम्पूर्ण भक्तजन, स्वयंसेवक, सञ्चारकर्मी तथा योगदाताहरूलाई आयोजक समितिको तर्फबाट विशेष धन्यवाद एवं आभार प्रकट गर्नु भएको थियो । 

नवीन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा बस्यालले गर्नुभएको थियो।

रास्वपा अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा अधिवेसन आज सम्पन्न

दाङ,३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आज सम्पन्न वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रत्येक वडामा नयाँ वडा समिति गठन गर्दै आगामी संगठन विस्तार, जनसम्पर्क तथा पार्टी गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण वडा समिति पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
आज सम्पन्न वडा अधिवेशनबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा दोमकान्त बस्याल, वडा नं. २ मा शोभाराम योगी, वडा नं. ४ मा बासुदेव पोखरेल, वडा नं. ५ मा क्षेत्र प्रविण भण्डारी, वडा नं. ६ मा गोकर्ण तिवारी, वडा नं. ७ मा तिर्थराज पोख्रेल, वडा नं. ८ मा दुर्गा डाँगी, वडा नं. ९ मा अम्मर बुढाथोकी, वडा नं. १० मा ओमबहादुर बस्नेत, वडा नं. ११ मा किरण बस्नेत, वडा नं. १२ मा प्रकाश सिंह ठकुरी, वडा नं. १३ मा सिताराम आचार्य, वडा नं. १४ मा कुसल खड्का, वडा नं. १५ मा दिनेश पौडेल, वडा नं. १६ मा शेरबहादुर डाँगी, वडा नं. १७ मा महेन्द्र बस्नेत, वडा नं. १८ मा शिवराज खत्री तथा वडा नं. १९ मा ज्ञानेन्द्र पोखरेल वडा सभापतिमा निर्वाचित भएका छन् ।
पार्टीले वडा तहदेखि संगठनलाई थप मजबुत बनाउने लक्ष्यसहित अधिवेशन सम्पन्न गरेको जनाएको छ । नव–निर्वाचित नेतृत्वले जनताको समस्या समाधान, सुशासन, पारदर्शिता तथा जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय स्तरमा पार्टीप्रति बढ्दो आकर्षणका बीच सम्पन्न भएको अधिवेशनले तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन विस्तारमा थप ऊर्जा मिल्ने विश्वास गरिएको छ ।

श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ बैशाख १९ गते देखि सन्चालन हुने

तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ संचालन हुने भएको छ ।

श्री सत्य सुन्द्रादेवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही वैशाख १९ गतेदेखि २७ गतेसम्म तुलसीपुर–९ शिवपुरस्थित देवी भगवती मन्दिर प्राङ्गणमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
महायज्ञबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । मूल आयोजक समिति संयोजक मोतिराम केसीले महापुराण वैशाख १९ गतेदेखि सुरु भई २७ गतेसम्म जारी रहने बताउनुभयो ।

वि.स २०५६ सालमा स्थापना भएको मन्दिरको स्तरोन्नति, लोककल्याण, आध्यात्मिक जागरण तथा पितृ उद्धारका लागि महायज्ञ आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख कथावाचकका रूपमा युवासन्त बाल ब्रह्मचारी स्वामी केशवाचार्य सूर्यपाकी र सहवाचकका रूपमा खगेन्द्र वस्याल रहने संयोजक केसीले जानकारी दिनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षता तथा महापुराणका सहवाचक खगेन्द्र वस्यालको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।
आयोजकका अनुसार महायज्ञमार्फत करिब २५ लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकम मन्दिरको पुनर्संरचना, फिल्ड व्यवस्थापन तथा शिवपुर क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न खर्च गरिनेछ । कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा प्रसाद बस्यालले गर्नुभएको हो ।

तुल्सीपुर १ अभिधारामा विद्युत कार्यक्रम सम्पन्न

तुलसीपुर २४ चैत २०८२ मंगलवार | नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र का कार्यालय प्रमुख सुरेश कुमार महतोले अब बिद्युत नपुगेको ठाउँ नहुने कुरा बताएका छन् | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को पश्चिम अविधारा र पुर्व अविधाराका गाउँ हरुमा विद्युतीकरण पछी ग्रामिण विद्युतीकरण उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो 

बताएका हुन |तुलसीपुर १ को भित्रीखोला,पश्चिम अविधारा,पुर्व अविधारा,चिउरीबोट,कोईलाखानी डाँडा,बिलाउनीघारी क्षेत्रका ७३ घर धुरी मध्ये १८ घर धुरी नागरिकका घर सम्म बिद्युत बिस्तार भयो भने अब बाँकी ठाउँमा चाँडो बिद्युत बिस्तार गर्ने गरी तयारी भएको र त्यसका लागी बजेटको लगभग व्यबस्था भई सकेको छ महतो ले तुलसीपुर अपडेटलाई प्रतिक्रिया दिंदै 

भने | कार्यक्रम लाई सम्बोधन गर्नु भन्दा अघी महतोले त्यस भेगमा थप बिद्युत बिस्तार गर्ने बारे नागरिक हरु सँग सरसल्लाह गरेका थिए | हाम्रो वडा बिकट वडा हो सानोतिनो बिकाश बजेटले सबै ठाउँमा आधारभूत आवश्यकता समेत पुर्र्याउन हामीलाई हम्मे हम्मे भइ रहेको छ तर पनी निरन्तर यस वडाका नागरिकका आधारभूत आवश्यकतामा आधारित बिकास निर्माणका लागी

श्रोत जुटाउने र बिकास निर्माण गर्नमै दिन बिती रहेको छ तुलसीपुर १ का वडा अध्यक्ष हुमाकान्त सापकोटाले हामी संग भने | अब तपाई अध्यक्ष भएको वडामा बिद्युत बिस्तार नभएका बस्ती हरुमा कहिले पूर्ण रुपमा बिद्युत बिस्तार हुन्छ भन्ने हाम्रो प्रश्नमा सापकोटाले यो कामले निरन्तरता पाई राख्छ भन्ने जवाफ फर्काए |

मालपोत कार्यालय तुलसीपुरबाट विचौलियाको आरोपमा १० जना पक्राउ

तुलसीपुर, २२ चैत्र । मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलिले उनिहरुलाई कार्यालय परिसरबाट करिब १२ बजे तरि पक्राउ गरेको हो ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिएको कुरालाई पुष्टि गरेको छ । सेवा ग्राहीको लेखपढी काम आफ्नै कार्यालयमा बसेर गर्नुको साटो कार्यालयका प्रत्येक फाँटफाँटमा गएर फाइल पु¥याउने काम गरेकाले पक्राउ गरिएको डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो । यता परिचयपत्र भिरेर काम गरिरहेका लेखापढी कानुन व्यवसायीलाई पक्राउ गरेर राज्यले आतंकित गर्ने काम गरेको कानुन व्यवसायीले आरोप लगाएका छन् ।

कानुन भन्दा माथि कोहि नभएको भन्दै वली र लेखक प्रकाउ – गृहमन्त्री सुदन गुरुङ

काठमाडौँ — गृहमन्त्री सुदन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जाल फेशबुक मार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।

‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। गुरुङले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’