कानुन भन्दा माथि कोहि नभएको भन्दै वली र लेखक प्रकाउ – गृहमन्त्री सुदन गुरुङ
काठमाडौँ — गृहमन्त्री सुदन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जाल फेशबुक मार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।
‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
उनले अब देशले नयाँ दिशा लिने समेत...
बाटो निर्माण अभियानमा ‘न्यू भिजन परम्परा युवा क्लब’को १० हजार सहयोग
१० चैत २०८२ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गहते स्थित मनकामना टोल विकास संस्थाले सञ्चालन गरेको बाटो निर्माण अभियानमा स्थानीय न्यू भिजन परम्परा युवा क्लबले आर्थिक सहयोग गरेको छ। क्लबले आज बाटो निर्माणका लागि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
गत तिहारमा देउसी-भैलो खेलेर संकलन गरिएको रकममध्ये केही हिस्सा सामाजिक कार्यका लागि छुट्याइएको र सोही कोषबाट यो सहयोग गरिएको क्लबका अध्यक्ष टंक मल्लले जानकारी दिनुभयो ।मनकामना टोल हुदै...
गहते-शिवपुर पुल निर्माणका लागि बोलपत्र आह्वान, तुलसीपुर उपमहानगरको ठूलो लगानी
०८, चैत दाङ | तुलसिपुर उपमहानगरपालिकाले नगरको विकट र रणनीतिक महत्त्वका क्षेत्रलाई जोड्ने अभियान अन्तर्गत एक ठूलो भौतिक पूर्वाधारको योजना अघि सारेको छ। वडा नं. ३ र ९ को सिमानामा पर्ने गहते खोला (शिवपुर) मा पक्की पुल निर्माणका लागि उपमहानगरले करिब डेढ करोड रुपैयाँ लागतको बोलपत्र आह्वान गरेको हो।वर्षायाममा गहते खोलामा आउने बाढीका कारण बर्सौदेखि सास्ति खेप्दै आएका गहते शिवपुरबासिका लागि यो योजना 'वरदान' सावित हुने देखिएको छ। पुल...
कराँते ग्रेडिङ परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाण पत्र/जुनियर बेल्ड प्रदान
दाङ, २७ फागुन २०८२ / आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित सरस्वती चौतारा मावि सल्लीवनमा सञ्चालन भएको कराँते ग्रेडिङ परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूलाई प्रमाण पत्र तथा जुनियर बेल्ड प्रदान गरिएको छ । शिखर वार डोजो तुलसिपुरको आयोजनामा हालै सम्पन्न सितोरियो कराँतेका निर्धारित प्रक्रिया र प्रविधिहरूमा सफलतापूर्वक प्रदर्शन गरेपछि उनिहरुलाई यो तहको प्रमाण पत्र प्रदान गरिएको हो। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराँते महासंघसँग...
दाङमा जिप दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु
दाङ । सल्यानमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षिय बिजय बिकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार (आज) बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो ।
जिपमा चालकसहित चार जना सवार रहेको र अरु तीन जना घाइते...















