
- सहायता कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ ।
पुस ११, २०८२

फाइल तस्बिर
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई कक्षबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को विषयमा सहजीकरण गरिने मन्त्रालयले जनाएको छ ।
कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ । शाखाको फोन नम्बर र इमेलमा समस्या र गुनासोहरु राख्न मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ ।
मन्त्रालयले अनलाइनबाट आवेदन दिएका विद्यार्थीलाई एनओसी अनलाइन पोर्टलबाट वैदेशिक अनुमति पत्र (एनओसी) जारी गर्दै आएको छ । शिक्षा मन्त्रालयले सिंहदरबारमा सञ्चालनमा रहेपनि विद्यार्थीको पहुँच र सहजताका लागि शाखा सानोठिमीमा राखिएको छ ।



















