Home Blog Page 2

जेन्जि आन्दोलन बाट क्षेति भएका भौतिक संरचना पुननिर्माण गर्न ३६ अर्ब ३० करोड लाग्ने

२४ पुस,काठमाडौं | काठमाडौं,२४ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय समितिले सो लागत लाग्ने प्रतिवेदन तयार गरेको हो । पुनर्निर्माण कार्ययोजना अनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माण /मर्मत र सवारी साधन तथा अन्य भौतिक वस्तुहरूको खरिद/मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका भवनको पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख, सवारी साधनको खरिद/मर्मततर्फ ६ अर्ब १६ करोड ८० लाख र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि १० अर्ब १४ करोड ४२ लाख अनुमान गरिएको छ ।

समितिले तयार गरेको प्रतिवेदनअनुसार आन्दोलनमा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको भौतिक क्षति भएको छ । यो रकम देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो । कुल क्षति रकममध्ये सरकारी र सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको छ । प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा धेरै क्षति भएको छ । कुल क्षतिमा यस प्रदेशको क्षति हिस्सा ६६.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । रकमका आधारमा कोशी प्रदेशमा १० अर्ब २४ करोड, मधेश प्रदेशमा ४ अर्ब ९२ करोड, बागमती प्रदेशमा ५६ अर्ब २३ करोड, गण्डकीमा ४ अर्ब १ करोड, लुम्बिनीमा ५ अर्ब ९९ करोड, कर्णालीमा ६२ करोड तथा सुदूरपश्चिम प्रदेशमा २ अर्ब ४० करोड रुपैयाँ बराबर क्षति भएको छ ।

सुनको भाउ प्रति तोलामा २ हजार रुपैयाँले घट्यो

२४ पुस काठमाण्डौ । सुनको भाउ आज नेपाल सुनचाँदी व्यवसायी का अनुसार प्रति तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सम्म सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै,चाँदीको मुल्य पनि आज घटेको छ । चाँदी आज तोलामा १ सय रुपैयाँले घटेको छ । चाँदी १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।

उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजिनामा

२३ काठमाण्डौ /

कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। ऊर्जामन्त्री  भएको  १ सय १५ दिनमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्की समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात तथा सहरी विकास मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी दिइएको थियो। तर, राजनीतिमा सक्रिय भूमिकामा देखिन थालेपछि प्रधानमन्त्री कार्कीले मार्गप्रशस्त गर्न सुझाएपछि उनले मन्त्री पद त्याग्ने निर्णय लिएका हुन्।

राजीनामापछि पत्रकार सम्मेलनमार्फत बोल्दै घिसिङले अब पूर्ण रूपमा राजनीतिक यात्रामा केन्द्रित हुने संकेत गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने स्पष्ट पारे।

गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङबीच ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने र घिसिङ रास्वपाको दोस्रो वरीयताको नेता तथा उपसभापति बन्ने समझदारी भएको छ।

मन्त्री पदबाट राजीनामासँगै कुलमान घिसिङको राजनीतिक यात्रा अब नयाँ चरणमा प्रवेश गरेको छ, जसलाई नेपाली राजनीतिले चासोका साथ हेरिरहेको छ।

सल्यानमा १ लाख ६२ हजार मतदाता कायम

सल्यान,२३ पुस । सल्यानमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ६२ हजार बढी मतदाता कायम भएका छन् । आयोगले सल्यानका एक लाख ६२ हजार चार सय ४९ जनाले मतदान गर्न पाउने जनाएको छ । यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा भएको चुनावको तुलनामा चार हजार सात सय ४९ ले बढी हो । अघिल्लो पटकको निर्वाचनमा जिल्लाभर एक लाख ५७ हजार सात सय एक मतदाता थिए । आगामी निर्वाचनका लागि जिल्लाभर ८३ हजार तीन सय २१ पुरुष र ७९ हजार एक सय २८ महिला मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा २४ हजार आठ सय १८ मतदाता रहेका छन् भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा आठ हजार आठ सय ४८ रहेका छन् ।

यस्तै बागचौर नगरपालिकामा २३ हजार एक सय २६, बनगाड कुपिण्डे नगरपालिकामा २२ हजार ५९, कपुरकोट गाउँपालिकामा १२ हजार दुई सय २५, कालीमाटी गाउँपालिकामा १५ हजार पाँच सय ५३, कुमाख गाउँपालिकामा १५ हजार तीन सय ३७, छत्रेश्वरीमा १६ हजार एक सय ३७, त्रिवेणी गाउँपालिकामा ११ हजार पाँच सय ५९ र दार्मा गाउँपालिकामा १२ हजार चार सय ९७ मतादाता कायम भएका छन् आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्र समेत थप भएका छन् । अघिल्लो निर्वाचनमा जिल्लाभर दुई सय दुई मतदान केन्द्र रहेकोमा यस पटक भने तीनवटा केन्द्र थपेर दुई सय पाँच पुगेका छन् । मतदानस्थल भने एक सय १७ वटा नै कायम भएका छन् । यस पटक छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जन माध्यमिक विद्यालय लेखचौरपानी, सिद्ध कुमाख गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छापडाँडा र बनगाड कुपिण्डे नगरपालिकाको आधारभूत विद्यालय आगरनेटामा मतदान केन्द्र थपिएको छ ।

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् ।

भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट कैलाली–६ बाट सदस्य बनेकी भण्डारीले २०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना

२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।

केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद ढकालका अनुसार आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो ।

अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराईका क्षेत्रमा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको उनले जानकारी दिए ।

तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, यो अवस्था स्थिर नरही मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् ढकालको भनाइ छ । तराई मधेशका बासिन्दाले तपतप शीत चुहिने गरेकाले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । तर मौसम विज्ञान विभागले भने अहिलेको अवस्थालाई ‘शीतलहर’ नै भन्न नसकिने जनाएको छ ।

तत्काल छैन वर्षाको सम्भावना

नेपालमा आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहे पनि केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रमा भने वर्षाको तत्कालै कुनै संकेत देखिएको छैन । महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो वर्षा गराउने कुनै पनि मौसमी प्रणाली सक्रिय हुने देखिँदैन ।

यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण थियो । सोही प्रक्षेपण अनुसार नै लामो समयदेखि पानी पर्न सकेको छैन । विभागका अनुसार हिउँदमा स्वभाविक रूपमै कम पानी पर्ने भए पनि यस वर्ष वर्षाको मात्रा अझ कम देखिएको हो ।

मौसमविदहरुका अनुसार नेपालमा केही वर्षयता हिउँदे वर्षा हराएको छ र सुक्खा बढ्दो क्रममा छ । यसले मानव स्वास्थ्य र कृषि प्रणालीलाई असर पुर्‍याएको भन्दै विज्ञहरु चिन्तित छन् । यसो हुनुमा कतिपयले जलवायु परिवर्तनको असर ठान्ने गरेका छन् ।

भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।

हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत बताउँछ ।

खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट र छलफल हुँदै आएको छ ।

स्रोत भन्छ- एमालेलाई ७/७ र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी राष्ट्रिय सभामा सिट बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल जारी छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव राखेका छन् । शीर्ष नेताहरुको छलफलबारे जानकार एक नेताका अनुसार प्रचण्डले ‘सम्मानजनक सिट’मा सहमति भए राष्ट्रियसभामा मिलेर जान सकिने बताएका छन् ।

दाङको संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी दुव्र्यबहार गर्ने एकजना पक्राउ

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् ।

मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन् । ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए । ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ,’ मुख्यमन्त्री यादवको भनाइ छ ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने बताएका छन् । साथै, कुनै पनि किसिमका अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिनेमा विश्वस्त रहन आग्रह पनि गरेका छन् ।