Home Blog Page 4

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताउँछन् ।

प्रमुख तीन दल मिलेर चुनाव लड्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ ।’

२० पुस, काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो । छलफलमा सहमति भए/नभएको बारे सार्वजनिक भएको छैन ।

नेता पुनले तालमेलको विषयमा छलफल भएको तर टुंगो लागिनसकेको पनि बताएका छन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । राष्ट्रपतिबाट मनोनितको हकमा सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित हुन्छन् ।

बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रमुख तीन दल एक्ला एक्लै लड्ने अवस्था नभएकाले तालमेलको प्रयास भएको नेताहरू बताउँछन् । कांग्रेस र एमाले मिल्दा अन्तरघातको डर भएको र कांग्रेस र एमालेमध्ये जसले नेकपासँग तालमेल गरेता पनि अर्को पक्षलाई घाटा हुने अवस्था रहेकाले तीन वटै पक्षबीच तालमेलको प्रयास भइराखेको हो ।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेतारू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन् ।

यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । तर, नेताहरूले भेटका विषयबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा दलहरूबीच छलफल चलिरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कुराकानी भइराखेको छ । तर, केही टुंगो लागिसकेको अवस्था होइन ।’

प्रमुख तीन दल नै मिलेर चुनाव लड्ने प्रयासमा रहेका नेताहरूको तर्क छ– ठूला शक्तिहरु मिले भने एउटा बलियो सन्देश जाने कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन । कसैको केही सिट तल माथि हुने न हो ।

कुन प्रदेशमा मतभार कति ?

यदि राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख तीन दल मिले भने अर्को प्रतिस्प्रर्धी दल नै हुने छैन । किनभने सातै प्रदेशको मतभारमा तीन दल मिल्दा धेरै नै बलिया हुनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

कोशी प्रदेशमा एमालेको ४२१०, कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार जोड्दा ९५५५ पुग्छ । यो कुल मतभार १०१३५ को ९० प्रतिशत बढी हो ।

मधेश प्रदेशको मतभारमा पनि तीन दल दुई तिहाइ मतभारमा छन् । जहाँ कांग्रेस ३१०४, एमाले २४०८ र नेकपा १३४६ मिल्दा मतभार ६८५८ पुग्छ । मधेश प्रदेशमा कुल मतभार १०८३९ छ ।

बागमती प्रदेशको अवस्था उस्तै हुनेछ । कांग्रेसको ४०१३, नेकपाको २७३८ र एमालेको २५७१ जोड्दा ९३२२ पुग्छ । यहाँ कुल मतभार १० हजार ३३५ मतभार छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २७०४, एमालेको २४५८ र नेकपाको १०१३ जोड्दा ६१७५ मतभार पुग्छ । यहाँ कुल मतभार ६४१० छ । अर्थात्, तीन् दल मिले ९० प्रतिशत बढी बहुमतमा हुनेछन् ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि तीन दल मिलेर चुनाव लडे भने ७३८५ मतभार पुग्छ । लुम्बिनीमा कुल मतभार ८७५३ छ । यहाँ तीन दल मिले अर्को कुनै पक्षले चुनाव जित्न सक्ने अवस्था रहन्न ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । नेकपाको १८४४ मतभार छ । एमालेको ११९५ मतभार छ । तीन वटै दल मिल्दा ४९०२ मतभार हुन्छ । यो प्रदेशमा कुल मतभार ५१५२ छ ।

सुदूरपश्चिममा पनि उस्तै अवस्था छ । कांग्रेसको २५५८, एमालेको १५३३ र नेकपाको १३६५ मतभार जोड्दा ५४५६ पुग्छ । यहाँ कुल ६१५३ मतभार छ ।

अर्थात्, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख तीन दल नै मिलेपछि प्रतिस्प्रर्धा कसैसँग हुने छैन ।

डोल्पा घटना : चौकीका प्रहरी सम्पर्कमा, युवक बेपत्ता

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।
घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

२० पुस, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा तोडफोडपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा गएर बसेको र अवस्था सामान्य भएपछि शनिबार राति नै सम्पर्कमा आएको बताए ।

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

गत शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङको क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएको घटनालाई लिएर स्थानीयवासीले शनिबार साँझ प्रहरी चौकी आक्रमणमा उत्रिएका थिए । आक्रमणबाट प्रहरी चौकीमा क्षति पुगेको छ । केही प्रहरी घाइते भएका छन् ।

लागुऔषध ओसारपसारको आरोपमा प्रहरीले छेप्के पुलमा रोकायामाथि जाँच गर्न खोज्दा उनी नदीमा हामफालेको प्रहरीको भनाइ छ । तर स्थानीयले भने प्रहरीले लखेटी–लखेटी नदीमा खसालेको आरोप लगाएका छन् ।

नदीमा बेपत्ता रोकायाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको छ ।

छानबिन समिति गठन, चौकीका सबै प्रहरी सदरमुकाम तानिए

यी समग्र घटना छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालय करोपगार्डका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ । युवक वेपत्ता घटनामा प्रत्यक्ष जोडिएका चार जना प्रहरीमाथि पनि अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

साथै स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा वार्ताको प्रयास पनि भइरहेको उनले जानकारी दिए । निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन प्रशासन तयार रहेको उनले बताए ।

घटनाको विरोधमा ल्हाँका गाउँका बासिन्दाले डोल्पामा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाले दिए राजीनामा, रास्वपा प्रवेश गर्दै

२० पुस, बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका  निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारुले बताए ।

नाउपा परित्याग पछि सोमबार भोलि नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित हुने उनले जानकारी दिए ।

तुलसीपुरमा सृजनशील लेखन कार्यशाला

तुलसीपुर, १९ पुस । दाङको तुलसीपुरमा सृजनशील लेखन कार्यशालाको उदघाटन गरिएको छ । पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालाको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले उदघाटन गर्नुभएको हो । तुलसीपुर क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्र्दैै तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । सृजनशील कार्यशालामा हाँस्यव्याङग्य कलाकार हरिवंश आचार्य, लेखकहरु बिमल आचार्य, सुनिल भट्टराईले पठन संस्कृति, लेखनशैली, यसको महत्व, व्यक्तीत्व विकास, यसको सम्भवना र समाजिक क्षेत्रमा यसले पार्ने सकारात्मक प्रभावका विषयमा प्रस्तुती राख्नुहुने छ । कार्यक्रम दिनभर संचालन हुने छ ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व नगर प्रमुख घनश्याम पाण्डे, साहित्यकार तथा लेखक डा.नवराज लम्साल लगायतले सकारात्मक सोचको विकास बिना सभ्यसमाज र समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका थिए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा विषय वस्तुमाथि तुलसीपुर मेट्रो कलेका प्रमुख वसन्त आचार्यले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासशाखा अधिकृत मन बहादुर खडकाले गर्नुभएको थियो । कार्यक्रममा सयौं विद्यार्थी, शिक्षक तथा अध्यताहरुको सहभागिता रहेको छ ।

राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि

राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि

भालुवाङ २९ मंसिर । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहने छ । जसमा करिव ३० वटा कृषि तथा उद्यम विकासका स्टल राखिने छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सँगै महोत्सवको मुख्य आकर्षकको रुपमा जलपरि रहने साथै चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहने छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिने झाँकी मध्ये प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए ।  महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा सुरज खड्काको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बसन्त गिरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, बासुदेव न्यौपानेकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति र झाँकी व्यवस्थापन उपसमिति, चन्द्र प्रकाश आचार्यको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, जगत प्रसाद पोख्रेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, विष्णु प्रसाद बोहराको संयोजकत्वमा आर्थिक उपसमिति, मोहन आचार्यकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, हिमानन्द पाण्डेको संयोजकत्वमा अनुगमन उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, बिनोद कुमार पाण्डेयको संयोजकत्वमा यातायात उपसमिति र चन्द्र प्रकास आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बसन्त गिरी, उपाध्यक्ष चन्द्र प्रकास आचार्य, महासचिव बासुदेव न्यौपाने लगायत विभिन्न संचार माध्यमका संचाकर्मीहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।

लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न

भालुवाङ २ पुस । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम आज बुधबार दाङको भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्पन्न भएको हो ।

केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको अवस्था निकै कमजोर रहेको बताएका थिए । बक्ताहरुले निशुल्क शिक्षा नाम मात्रको रहेको र विद्यालयहरुले विभिन्न बाहानामा शुल्क उठाउन नछोडेको समेत बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य थारुले भौतिक पूर्वधारलाई मात्रै विकास ठानेका कारण शिक्षाले गति लिन नसकेको बताए । उनले शिक्षामा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको बताउँदै आम नागरिकहरु समेत शिक्षाको पहुँचमा हुनुपर्ने उल्लेख गरे । सांसद चौधरीले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने स्थानीय सरकार आफ्‌नो दायित्व नबुझेको बताएका छन् । उनले सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था रहेको बताए ।

सांसद चौधरीले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका भद्रगोल रहेको बताउँदै आम नागरिकको बालबालिकाहरु सम्मानजनक रुपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने बताए । स्थानीय सरकारहरूले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षकको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।

“संविधानले दिएको अधिकार व्यवहारमा उतार्न प्रदेश र स्थानीय सरकारसँगै अभिभावक, शिक्षक र नागरिक समाजको साझा जिम्मेवारी छ” : थारुले भने । नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षा क्षेत्रको निगरानी, सकारात्मक दबाब र सहकार्य बिना निःशुल्क गुणस्तरीय शिक्षा सम्भव नहुने उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सार्वजनिक विद्यालयप्रति आम नागरिकको भरोसा बढाउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले निःशुल्क शिक्षालाई नारामा सीमित नगरी व्यवहारमा पूर्णरूपमा कार्यान्वयन गर्न सबै तहका सरकारलाई आग्रह गरे । यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले निजी विद्यालयमुखी सोच अन्त्य नगरेसम्म सार्वजनिक शिक्षा सबल नहुने उल्लेख गरे । उनले कार्यान्वय गर्न निकायमा नरहेको बताउँदै तर शिक्षालाई प्रभावकारी रुपमा गुणस्तरियता प्रदान गर्न समन्वयमा कन्जुसाई नगर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय निम्त्ति सचिव दिवाकर भण्डारी र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले शिक्षा क्षेत्रलाई प्रभावकारी रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा शिवराज नगरपालिकाका उपसचिव पूर्णबहादुर विश्वकर्माले शिक्षाको अवसर, संभवना र चुनौतिका विषयमा बिस्तृत रुपमा जानकारी दिएका थिए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय हरि अधिकारी, एनसिईका कपिलवस्तु जिल्ला संयोजक बाबुराम रायमाझी, दाङ जिल्लाका संयोजक रुपलाल चौधरी र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले आ—आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले गरेका थिए ।

अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द

देउखुरी १६ पुस । दाङमा अत्यधिक चिसो बढेपछि राप्ती गाउँपालिका सहित ५ वटा पालिकाले बुधबार देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

दाङको राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको सम्बन्धित पालिका प्रमुखहरूले जानकारी दिएका छन् ।

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । लमही नगरपालिकाले पनि चिसो बढेकाले विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख केशब लम्साले जानकारी दिएका छन् ।

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

64x64

डा प्रगति थापाशनिबार, पुस १९, २०८२  ०७:३५

10Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

1140x725
accord ashoj

मानव शरीर र बाहिरी वातावरणबीच घनिष्ट सम्बन्ध हुन्छ। बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा असर गरेजस्तै छालामा पनि असर गर्छ। 

जाडोमा छालामा सबैभन्दा बढी देखिने समस्या सुख्खापन हो। योसँगै चायाँ निस्किने, चिलाउने, छालाका अन्य समस्या सोरासिस् एक्जिमा जस्ता समस्याहरु चिसोमा बढ्दै जान्छ। 

ktm cancer

चिसोमा छालामा बढी देखिने समस्याहरु 
सोरासिस् 
चिसोका कारण हुने डाबर एलर्जी 
खुट्टा तथा हातका औँलाहरु सुनिन्ने समस्या 
ओठ फुट्ने आदि। 

चिसोमा किन समस्या बढ्छ ?
जाडोमा सुख्खापना कारण विभिन्न समस्याहरु देखा पर्छन्। तातो पानीको बढी प्रयोग, पानी कम पिउनु जस्ता कारणले जाडोमा छालामा समस्या आउने गर्छ। तातो पानी धेरै प्रयोग गरेर लामो समयसम्म नुहाउने, मोस्चराइजको कम प्रयोग जस्ता कारणले पनि जाडोमा छालामा समस्या देखिन्छ। छालामा आवश्यक मात्रामा हाइड्रेसन नपुग्दा छाला सुख्खा हुने, चिलाउने लगायतका समस्याहरु देखिने गर्छ। 

जाडो र गर्मीमा गरिने छालाको स्याहार करिब उस्तै उस्तै हुन्। यद्यपि जाडोमा तातो पानीको प्रयोग बढी हुँदा त्यसले छालामा सुख्खापनाको समस्या ल्याउन सक्छ। त्यसकारण मुख धुँदा वा नुहाउँदा धेरै तातो पानीको सट्टा मनतातो पानीको प्रयोग गर्नका लागि मेरो सुझाव छ। 

त्यस्तै मुख धोइसकेपछि मोस्चराईजर क्रिम वा नरिवल तेल लगाउनुपर्ने हुन्छ। जसले छालालाई आवश्यक पर्ने हाइड्रेसन पु¥याइरहेको हुन्छ। घरमा हिटर तथा एसी बालेर बस्दा ह्युमुटि फायरको प्रयोग गर्नु राम्रो मानिन्छ। जाडो समयमा गर्मीकै खानपान शैली अपनाउन सकिन्छ। यद्यपि पानी भने शरीरलाई आवश्यक मात्रामा पिउनुपर्ने हुन्छ। 

जाडोमा गर्मी जस्तै छालाको प्रकृति अनुसारको क्रिम तथा फेसवासको प्रयोग गर्न सकिन्छ। घाममा बस्दा भने मोस्चराईजर तथा सनब्लक क्रिमको प्रयोग गर्न भने भुल्नु हुँदैन। यसो गरिएन भने छालामा अन्य रोगहरु पनि उत्पन्न हुन सक्छ। 

चिसो र एलर्जी 
सामान्यतया जुनसुकै समस्यालाई पनि एलर्जीको रुपमा लिने परिपाटी हामीमा छ। कुनै क्रिम वा खानेकुरा प्रयोगले एलर्जी भयो भन्ने गरेको हामीले सुन्ने गरेका छौँ। प्रमुख रुपमा अल्टीकेरिया वा डाबर एलर्जीको बारेमा हामी कुराकानी गर्छौ। यसको धेरै कारण हुन सक्छ। चिसोका कारणले जिउमा डाबर आउने तथा दिउँसो घाममा भने निको हुने समस्यालाई कोल्ड अल्टीकेरिया भन्ने गरिन्छ। 

एलर्जीको समस्या जुनसुकै उमेरका मानिसहरुमा पनि हुन सक्छ। कतिपय अवस्थामा हाम्रै वरिपरिका वस्तुहरुले पनि हामीलाई एलर्जी हुने गर्छ। एलर्जी खानेकुराले मात्रै नभई वातावरणमा रहेको बोट विरुवा तथा ढुसीका कारणले पनि एलर्जी हुनसक्छ। 

जाडोमा छालाको समस्याबाट कसरी बच्ने ?
नुहाउन वा मुख सफा गर्न धेरै तातो पानीको प्रयोग नगर्ने 
तातो पानीको प्रयोग गर्दाे कम समयमा नुहाउने 
हाइड्रेसनका लागि मोस्चराईजर तथा तेलको प्रयोग गर्ने 
घरमा हिटर तथा एसीको प्रयोगमा ह्युमिटी फायरको प्रयोग गर्ने 
ओठ फुट्न नदिनका लागि लिप बामको प्रयोग गर्ने 
प्रशस्त मात्रामा पानी पिउने 
ग्लिसिरिनको प्रयोग गर्ने

जाडोमा चिसो हावाका कारण पनि छाला फुट्ने, सुख्खा हुने जस्ता समस्या देखिन सक्छ। राती सुत्ने बेलामा होस् या दिउँसो पनि ग्लिसिरिनको प्रयोग तथा नरिवलको तेलको प्रयोग गर्न सकिन्छ। दिनमा एक पटक मात्रै मोस्चराईजरको प्रयोग गर्नु छालाका लागि उपयुक्त मानिदैन। 

कम्तीमा पनि दिनमा दुई पटक मोस्चराईजरको प्रयोग गर्नुपर्ने हुन्छ। हात धोइरहने बानी भएकाहरुले हात धोइसकेपछि मोस्चराईजरको प्रयोग गर्नुपर्ने हुन्छ।

(छाला तथा यौन रोग विशेषज्ञ डा प्रगति थापा ह्याम्स अस्पतालमा कार्यरत छिन्)

अमेरिकी डलरको भाउ निरन्तर उकालो

  • निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

पुस १९, २०८२

रासस

The US dollar continues to rise.

Read in English

00 : 0000 : 00

What you should know :

  • नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ पुनः बढेर खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा पुगेको छ।
  • अन्य प्रमुख विदेशी मुद्राहरूको दरमा पनि परिवर्तन आएको छ भने राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

Hardik IVF

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : पुस १९, २०८२ ०६:१९

शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष

  • सहायता कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ ।

पुस ११, २०८२

Student Support Room at the NOC Branch of the Ministry of Education

फाइल तस्बिर

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई कक्षबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को विषयमा सहजीकरण गरिने मन्त्रालयले जनाएको छ ।

कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ । शाखाको फोन नम्बर र इमेलमा समस्या र गुनासोहरु राख्न मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ ।

मन्त्रालयले अनलाइनबाट आवेदन दिएका विद्यार्थीलाई एनओसी अनलाइन पोर्टलबाट वैदेशिक अनुमति पत्र (एनओसी) जारी गर्दै आएको छ । शिक्षा मन्त्रालयले सिंहदरबारमा सञ्चालनमा रहेपनि विद्यार्थीको पहुँच र सहजताका लागि शाखा सानोठिमीमा राखिएको छ ।

Hardik IVF
Laxmi Sunrise bank